You are viewing the translated version of रेडियोधर्मी पदार्थको ढुवानी.
Section 35
रेडियोधर्मी पदार्थको ढुवानी
(१) इजाजतपत्रवालाले रेडियोधर्मी पदार्थको ढुवानी गर्दा त्यस्तो पदार्थबाट जनस्वास्थ्य, पर्यावरण र राष्ट्रिय सुरक्षामा प्रतिकूल असर नपर्ने गरी सुरक्षित रुपमा गर्नु पर्नेछ।
(२) इजाजतपत्रवालाले रेडियोधर्मी पदार्थको ढुवानी नियमनकारी निकायले निर्धारण गरेको ढुवानीको माध्यम, साधन तथा प्राविधिक शर्त बमोजिम गर्नु पर्नेछ।
(३) इजाजतपत्रवालाले रेडियोधर्मी पदार्थको ढुवानीमा संलग्न कामदार र कर्मचारीलाई रेडियोधर्मी पदार्थको सुरक्षित उपयोग, सुरक्षा र भौतिक संरक्षणको विषय तथा त्यस्ता पदार्थबाट हुन सक्ने जोखिम र त्यसबाट बच्ने सम्भावित उपायको बारेमा जानकारी गराउनु पर्नेछ।